३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


मोसुलमा सर्वसाधारणमाथि आइएसको आक्रमण, कयौंको मृत्यु


0
Shares

आइएसको बर्बरता सहन नसकी मोसुलको ज्याङ्जिली जिल्लाबाट भाग्न लागेका नागरिकमाथि आक्रमण भएको हो । उनीहरुलाई आइएसले गोली प्रहार गरी हत्या गरेको बताइएको छ ।

आक्रमणमा मारिने धेरै महिला र बालबालिका रहेका छन् । इराकी सेनाले मोसुललाई नियन्त्रणमा लिन गत अक्टोबरदेखि आइएसविरुद्ध कारबाही गर्दै आएको छ ।

अमेरिकी नेतृत्वको इराकी सुरक्षाफौजले हवाई आक्रमण पनि तिव्र पार्दै आएको छ । सुरक्षाफौज र आइएसको चेपुवामा परेका मोसुलका लाखौं नागरिक विस्थापित भइसकेका छन् । (एजेन्सी)