Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


प्रधानमन्त्री पदमा मतदान गर्ने/नगर्नेबारे संसदीय दललाई जिम्मेवारी


0
Shares

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्रीका पक्ष तथा विपक्षमा मतदान गर्नका लागि टुङ्गो लगाउन नसकेपछि आवश्यक निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिइएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिए ।

बैठकमा अधिकांश सहभागीले नयाँ प्रधानमन्त्रीका पक्षमा मतदान गरी सरकारमा जान सुझाए पनि अध्यक्ष थापाले त्यसलाई नकारेपछि निर्णय लिन नसकिएको बताइएको छ । संसदीय दलको बैठक आजै साँझ बस्ने छ । (रासस)

Skip This