२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


म्हैपीमा ३२ लाख लुटेर फरार समूह पक्राउ


0
Shares

महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङका अञ्जान थापा, सरोज श्रेष्ठ, गोरखाका सिजन अधिकारी, सन्तोष बोहरा, गुल्मीका ज्ञानबहादुर पुरी र बाग्लुङका तारा बोहरा रहेका छन् ।

पक्राउ परेकासँग महाशाखाले रु चार लाख १७ हजार नगद, नक्कली सुनजस्तो धातु र दुई थान मोटरसाइकल बरामद गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले जानकारी दिए ।

घटनाका मुख्य योजनाकार भने फरार रहेकाले उनको खोजी कार्य जारी रहेको महाशाखाले जनाएको छ । रासस