
वडा नं ४ मा नेकपा (एमाले) का उम्मेदवार हरिप्रसाद आचार्य र वडा नं ७ बाट सोही पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित भएका थिए ।
वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका उपेन्द्रराज सापकोटा सात मतअन्तर र वडा नं ७ मा नेपाली काँग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित भएका थिए ।
कम मतले पराजित भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्धा दायर गरेका थिए ।
ती दुवै मुद्धामाथि अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली, २०७३ को नियम ६१ बमोजिम आइतबार (आज) अन्तरकालीन आदेश जारी गरेको हो ।
आदेशमा विपक्षीबाट प्रतिउत्तर सरहको लिखित जवाफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्