Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


मागअनुसार उत्पादन हुन सकेन कफी


0
Shares

धनकुटा, माघ २६ । नेपालमा उत्पादित कफीको माग अत्यधिक भए पनि मागअनुसारको उत्पादन हुन सकेको छैन ।

धनकुटामा कफी खेतीको विकास र विस्तारका लागि उत्पे्ररणात्मक तथा प्रवर्द्धनात्मक विषयक कार्यशाला गोष्ठीमा दिइएको जानकारी अनुसार ८ हजार मेट्रिक टन माग भए पनि नेपालमा भने अहिले ५ सय १३ मेट्रिक टनमात्र उत्पादन हुँदै आएकोे छ ।

नेपालको ४२ जिल्लाको १२ लाख हेक्टर जमिनमा कफी खेती गर्न सकिने भए पनि अहिले २ हजार ६ सय ५० हेक्टरमा मात्र खेती भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड पोखराका क्षेत्रीय निर्देशक लक्ष्मणप्रसाद पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोनको रुपमा गुल्मी, प्यूठान, पाल्पा, अर्घाखाँची र स्याङ्जा जिल्लामा कफी खेतीको विस्तार भइरहेको जनाइएको छ । धनकुटामा मात्रै १० हजार हेक्टर जमिनमा कफीको व्यावसायिक खेती गर्न सकिने बताइएको छ ।