२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


आफ्नो कार्यकालमा शहरी विकासका क्षेत्रमा उल्लेख्य प्रगति: मन्त्री केसी


0
Shares

मन्त्री केसीले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो ९ महिने कार्यकालमा भएका प्रगति बारे जानकारी गराउँदै यस अवधीमा शहरी विकास मन्त्रालयले आफ्नो जिम्मेदारीको दायरा निकै फराकिलो बनाएको बताए ।

बाग्मती सरसफाई अभियानको २ सयौं हप्ता सफलतापूर्वक सम्पन्न गरेजस्तै मन्त्रालय अन्तर्गतका अन्य गतिविधिमा जनसहभागिता बढिरहेको पनि उनले उल्लेख गरे ।

नीतिगत अस्पष्टता र कानूनी अव्यवस्थालाई हटाएर यसलाइ उचित गति र दिशा दिन आफु सफल भएको पनि उनले बताए ।

मन्त्री केसीले राष्ट्रिय सहरी नीति, २०६४ कार्यान्वयनका लागि राष्ट्रिय शहरी विकास रणनीति तय गरिएको जानकारी गराए ।

हिमाली जिल्लालाई शहरीकरण गर्न आफुले उच्च प्राथमिकता दिएको भन्दै मन्त्री केसीले २२ हिमाली जिल्लामा नगर विकास परियोजना संचालनमा ल्याउन आफू सफल भएको दाबी पनि गरे ।