
सडक निर्माण र बस्ती निर्माणका क्रममा फालिएका माटोले यस क्षेत्रका दर्जनांै पोखरी पुरिएका छन् भने केही ठूला पोखरी पनि ढल र माटोले पुरिन थालेको स्थानीयले बताएका छन् । गुराँसलगायतका वन जंगल मासिंदा यस क्षेत्र उजाड बन्दै गएको छ भने बाँकी रहेका पोखरी पनि सुक्न थालेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
केही वर्षअघिसम्म पूजा पाठ हुने पाथीभराको तल्लो फेदीमा रहेको नागपोखरी नजिकैबाट सडक खन्दा पुरिने अवस्थामा पुगेको छ भने संरक्षणका क्षेत्रमा काम गर्ने संघ संस्थाले समेत यसतर्फ ध्यान नदिएको नेपाल पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
वातावरण दिवसको अवसरमा जिल्ला वन कार्यालय, वातावरण संरक्षण तथा विकास मञ्च लगायतका सरोकारवाला संस्थाहरुले सदरमुकामनजिकैका कृत्रिम पोखरी सफाई र बृक्षारोपण गर्नेजस्ता काम गरी संरक्षणको नारा दिए पनि जिल्लाभित्रैका प्राकृतिक पोखरी र ताल संरक्षणमा भने ध्यान नदिएको पाईएको हो ।
प्रतिक्रिया दिनुहोस्