वातावरण संरक्षणमा जुट्न राष्ट्रपतिको आग्रह « Image Khabar


वातावरण संरक्षणमा जुट्न राष्ट्रपतिको आग्रह


Imagekhabar
२२ जेष्ठ २०७४, सोमबार १३:०७

विश्व वातावरण दिवसको सन्दर्भमा जनसंख्या तथा वातावरण मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा उनले दिगो वातावरण संरक्षणका लागि एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिइन् । स्वच्छ वातावरणमा बाँच्न पाउने मानिसको अधिकार सुनिश्चित गर्नका लागि उनले सरकारसँग अपील गरिन् ।

प्रकृति र मानवबीचको सम्बन्ध अभिन्न रहेको भन्दै राष्ट्रपति भण्डारीले स्थानीय स्तरबाट चेतनामुलक कार्यक्रम सञ्चालनको खाँचो औंल्याइन् । चुरे क्षेत्रको प्राकृतिक वातावरण यथावत राख्न र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन उनले सुझाव दिइन् ।

जलवायु परिर्वतनको असरका कारण विश्वव्यापी रुपमा वातावरण विनाश हँुदै गएको अवस्थामा वन र प्रकृति जोगाउनु अहिले सबैको साझा चुनौती भएको उनको भनाइ थियो ।

वातावरण संरक्षणका लागि औपचारिकता निभाउनुभन्दा काम गरेर देखाउने बेला भएको भन्दै राष्ट्रपति भण्डारीले मन, बचनले लाग्न सबैसँग आग्रह गरिन् ।

कार्यक्रममा वातावरणको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्