
प्रहरीचौकी ठाडीबाट खटिएको टोलीले लागुऔषधसहित लहान नगरपालिका–५ निवासी २२ वर्षीय सनाहुल हक, २४ वर्षीय मोहमद अस्लम र ११ वर्षीय अबराल सेखलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट लागुऔषध डाइजेपाम २० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारान २९ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्