‘०७३/०४७ मा देशभर तीन लाख घरायसी चर्पी निर्माण’

१८औं सरसफाइ दिवसको अवसरमा सोमबार राजधानीमा गरिएको कार्यक्रममा चालु आर्थिक वर्षमा दुई लाख चर्पी निर्माण गर्ने कार्यक्रम रहेकोमा तीन लाख चर्पी बनाएको दाबी गरेको हो ।
त्यस्तै, १५० सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य रहेकोमा १८२ ओटा निर्माण गरिएको र ७०० गाविसलाई खुला दिसामुक्त घोषण गर्ने भनिएकोमा ४१० ओटामात्र घोषण गरिएको जानकारी पनि दिइयो ।
विभागले सन् २०१७ को अन्त्यसम्ममा नेपाललाई खुला दिसामुक्त क्षेत्र बनाउने जिकिर पनि गरेको छ ।
यस्तै, चालु आर्थिक वर्षसम्म २ अञ्चल, ३८ जिल्ला, १३६ नगरपालिका र २५ सय १४ ओटा गाविस दिसामुक्त क्षेत्र घोषणा भइसकेको पनि जनाइएको छ ।