
यसअघि तीनओटा नमुना बस्ती बनाइएको धुर्मुस–सुन्तली फाउन्डेसनले ५ अर्ब रुपैयाँ बराबरको ‘नमुना नेपाल’ परियोजना बनाउने घोषणा गरेका हो ।
सोमबार राजधानीमा गरिएको कार्यक्रममा ‘नमुना नेपाल’ परियोजना घोषणा गरिएको हो ।
५ अर्ब रुपैयाँको लागतमा बन्ने उक्त परियोजना सिंगो देशलाई चिनाउने गरी निर्माण गरिने पनि जनाइएको छ ।
नेपालका समग्र जातजातिलाई एउटै ‘कम्पाउन्ड’भित्र समेट्ने गरी निर्माण गरिने सामूहिक बस्तीले नेपालको परिचय दिन महत्वपूर्ण भूमिका खेल्ने फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए ।
‘नमुना नेपाल’भित्र बुद्धको जन्मस्थान लुम्बिनीदेखि हिमाल, मोनोरेले, गुब्बा, स्तुपा, खेल मैदान, विद्यालय, संग्रहालय रहनेछन् ।
शिलन्यास गरेलगत्तै परियोजना सम्पन्न गर्ने मिति घोषण गर्ने उद्घोष पनि उनीहरुले गरेका छन् ।
परियोजना महत्वाकांक्षी भएपनि विभिन्न क्षेत्रबाट सहयोग जुटाएर काम सम्मपन्न गर्ने उनीहरुको दृढता रहेको छ ।
कार्यक्रम परियोजना घोषणालगत्तै मुक्तिनाथ विकास बैंकले उक्त परियोजनाका लागि १० लाख र अल्का अस्पतालले २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्