Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


विल्डिङ एण्ड कन्सट्रक्सन एक्स्पो २०१९ सुरु


0
Shares

काठमाडौं । निर्माण क्षेत्रका पछिल्ला आधुनिक प्रविधि सम्बन्धी जानकारी दिने एवं निर्माण सामाग्रीहरुको बजार प्रबद्र्धन गर्ने उद्देश्य सहित काठमाडौंको भृकुटीमण्डपमा अन्तराष्ट्रिय स्तरको विल्डिङ एण्ड कन्सट्रक्सन एक्स्पो सुरु भएको छ ।

नेपालको मिडिया स्पेस र भारतको फ्युचरेक्स ट्रेड एण्ड ईभेन्टसको संयुक्त आयोजनामा एक्सपो सुरु भएको हो ।

नेपालमा विद्यमान विभिन्न निर्माणजन्य प्रविधिको बारेमा जानकारी दिने र अन्य देशमा भइरहेको आधुनिक प्रविधि नेपालमा भित्राउन सहयोग पुर्याउने उद्देश्य सहित प्रदर्शनी गरिएको आयोजक मिडिया स्पेसका प्रबन्ध निर्देशकले श्रिजल भट्टराईले बताए ।

एक्सपोमा घर देखि पूर्वाधार निर्माणका लागि आवश्यक निर्माण सामाग्री संग सम्बन्धित कम्पनीहरुका १ सय ५० भन्दा बढि स्टलहरु राखिएका छन् ।

एक्स्पोमा ईटाली, भारत, बंगलादेश लगायतका विभिन्न १५ वटा मुलुकका कम्पनीहरु सहभागी भएको जनाइएको छ ।

एक्स्पो नेपालमा निर्माणका क्षेत्रमा लगानी थप्न समेत फलदायी हुने अपेक्षा आयोजकको छ । एक्सपो आइतबारसम्म चल्ने छ ।