Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


निजगढ विमानस्थल निर्माणमा सरकार आफैं सक्रिय हुनुपर्छः ईन्जिनियर एसोसियसन


0
Shares

काठमाडौं । ईन्जिनियरहरुले बारा जिल्लामा बनिरहेको अन्तराष्ट्रिय विमानस्थल सरकार आफैंले निर्माण गर्नुपर्ने सुझाब दिएका छन् ।

सार्वजनिक निजि साझेदारी मोडलमा बनाउँदा सरकारले पटक पटक समस्या भोगिरहनुपर्ने, लगानीकर्तालाई फाइदा दिनुपर्ने समस्याहरु आइरहने भएकोले सरकार आफैले निर्माण गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

इन्जिनियर्स एशोसिएसन अफ नेपालले काठमाडौंमा गरेको यस सम्बन्धी अन्तरक्रियामा सहभागी इन्जिनियरहरुले सरकार आफैं लागेर यो आयोजना समयमा सक्नुपर्ने सुझाब दिएका हुन् ।

इन्जिनियर विरेन्द्र बहादुर देउजाले सरकारले विमान स्थल निर्माणको काम कुनै कम्पनीलाई दिएमा समस्या झेलिरहनुपर्ने भन्दै कुनै झमेलामा नपरी फटाफट काम गर्न आफै अग्रसर हुन  आग्रह गरे ।

अझै अन्मलिएर समय खेर नफाल्न उनको सुझाब छ । अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै उनले वातावरण विकासको लागी कुनै बाधक नभएकोले यसमा पनि व्यवस्थित गर्नको लागी सरकार लाग्नुपर्ने बताएका हुन् ।