बाँंदरमुढे घटनाको १२ बर्षः पीडितले राहत कहिले पाउने ? « Image Khabar


बाँंदरमुढे घटनाको १२ बर्षः पीडितले राहत कहिले पाउने ?


Imagekhabar
२३ जेष्ठ २०७४, मंगलवार ०८:०८

सशस्त्र हिंसाका बेला माओवादीले थापेको विद्युतीय धरापमा परी . २०६२ साल जेठ २३ गते ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए भने ७५ जना घाइते भएका थिए ।

उक्त दिनलाई कालो दिनका रुपमा सम्झेर घटनामा मृत्यु हुनेहरुको सम्झनामा बाँदरमुढेमा वर्षेनी विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।

१ सय ५० जना यात्रु बोकेर माडीको बगईबाट नारायणगढतर्फ जादैं गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबस विस्फोटमा परेको थियो ।

घटना भएको १२ बर्ष पुग्दा पनि घटनाका पीडितहरुले भने उचित राहत पाउन सकेका छैनन् ।

घटनामा घाईते भएका मध्ये एक जनाले आत्महत्या समेत गरिसकेका छन् भने तीन जनाको उपचार नपाएर मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्