२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


लण्डनमा गराइएको आक्रमणमा संलग्न दुई जनाको नाम सार्वजनिक


0
Shares

नाम सार्वजनिक गरिनेहरुमा २७ बर्षिय खुर्रम बट र अर्का ३० बर्षका रशीद रिदवान छन् ।

खुर्रम पाकिस्तानी नागरिक र रशीदको सम्बन्ध मोरक्को र लिबियासँग रहेको बेलायती अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा सात जना महिला छन् ।

लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गरिएको आक्रमणमा सात जना मारिएका थिए भने ४८ जना घाइते भएका छन् ।

घाइते मध्ये ३६ जनाको उपचार भइरहेको छ । जसमा २१ जनाको अवस्था गम्भीर रहेको लण्डन प्रहरीले जनाएको छ ।

तीब्र गतिमा आएको भ्यानले पैदल यात्रीलाई ठक्कर दिएको र भ्यानमा आएका व्यक्तिले प्रहरी र सर्वसाधारणमाथि अन्धाधुन्ध चक्कू प्रहार गर्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनापछि प्रहरीले गरेको कारवाहीमा आक्रमणकारी मारिएका हुन् । प्रहरीले ५० राउण्ड गोली चलाएको जनाएको छ ।

आक्रमणको विश्वस्तरबाट निन्दा भएको छ । घटनाको आईएसले जिम्मेवारी लिएको थियो । (एजेन्सी)