२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


गुठी पीडित किसानले पाए ४४ बर्षपछि लालपुर्जा


0
Shares

पुस्तौंदेखि भोगचलन गर्दै आएको जमिनको स्वामित्वबाट वञ्चित भएका हाकुबासीले गुठीको स्वामित्वमा रहेको जग्गाको लालपुर्जा पाएका हुन् ।

उनीहरु आफैंले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व भने काठमाडौंस्थित स्यम्भु घ्याङ् गुठीको नाममा दर्ता थियो । लालपुर्जा पाएसँगै उनीहरू खुसी भएका छन् ।

करिब तीन सय पचास किसान मध्ये ६० परिवारले पहिलो चरणमा लालपुर्जा पाएका हुन ।

जिल्ला भूमि अधिकार मञ्च, रसुवाले हाकुबासी गुठी पीडितलाई पुर्जा दिलाउनका लागि संघर्ष गर्दै आएको थियो ।

संघर्ष सुरु भएको १२ वर्षपछि किसानले लालपुर्जा प्राप्त गरेका हुन् ।