
अफगानिस्तानको राजधानी काबुलमा भएको अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा राष्ट्रपति घानीले उक्त जानकारी दिएका छन् । गत हप्ता भएको यो आक्रमण सन् २००१ पछि भएका हमलाहरुमा नै भीषण आक्रमण भएको जनाइएको छ ।
यस आक्रमणमा परी १५० भन्दा बढी निर्दोष अफगान छोरा छोरीले ज्यान गुमाए भने, ३०० भन्दा बढी घाइते भएका घानीले बताएका छन् । घाइते हुनेहरुमा जलेका र अंगविच्छेद भएकाहरुसमेत रहेका उनले सो सम्मेलनमा बताएका हुन् । यसअघि आक्रमणमा परी ९० जना मारिएको जानकारी दिइएको थियो ।
यस भीषण आक्रमणको कुनैपनि समूहले जिम्मा लिएको छैन । तर सरकारी अधिकारीले तालिवान आवद्ध हक्कानी सञ्जालले यो आक्रमण गराएको दाबी गरेका छन् ।
अफगानिस्तानको राजधानी काबुलमा शनिबार पनि एक अन्त्येष्टिलक्षित बम विस्फोट परी कम्तीमा सातको मृत्यु भएको थियो । यस घटनामा परी अन्य दर्जनौं सर्वसाधारण घाइते भएका थिए । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्