२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


प्रधानन्यायाधीश कार्की उमेर हदका कारण अवकाश


0
Shares

फाइल फोटो

सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी कार्की उमेर हद (६५ वर्ष)का कारण सेवानिवृत्त भएकी हुन् ।

गत वैशाख १ गतेदेखि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको उमेर हदका कारण अवकाश भएपछि कार्कीले कामु प्रधान्यायाधीश हुँदै प्रधानन्यायाधीशका रुपमा काम गरेकी थिइन् ।

बुधबार (भोलि)देखि कामु प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीले कार्यभार सम्हाल्ने छन् । प्रधानन्यायाधीशमा पराजुलीलाई न्यायपरिषद्को बैठक बसी सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको छैन । रासस