
मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियार रहेको छ भने अर्का एक जना मृतकको सनाखत हुन नसकेको धादिङका प्रहरी उपरीक्षक शरद खत्रीले बताए ।
ठक्करबाट गम्भीर घाइते भई उपचारका लागि काठमाडौं लैजाने क्रममा सनाखत हुन नसेका व्यक्तिको बाटोमै मृत्यु भएको थियो ।
भैरहवाबाट काठमाण्डौंतर्फ जाँदै गरेको लु १ ज २६७४ नं. को माइक्रोबसले सडक पेटीमा हिडेका पैदलयात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
पैदलयात्रुलाई ठक्कर दिएपछि माइक्रोबस सडकमा पल्टिएको थियो । घटनापछि स्थानीयले दिउँसो ३ बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध गरी ठक्कर दिने माइक्रोबसमा आगजनी गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्