
आतंककारीलाई सहयोग गरेको आरोपमा खाडीका ६ सहित ७ मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), लिबिया, बहराइन, इजिप्ट, यमन र माल्दिभ्सले कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका हुन् ।
कतार नेपाली कामदारका लागि महत्वपूर्ण गन्तव्य हो । कतारमामात्र करिब ४ लाख बढी नेपाली कार्यरत् रहेको जनाइएको छ । यसले नेपाली कामदारहरुमाझ अन्यौल बढाउनु स्वाभाविक हो ।
छिमेकी मुलुकहरुले स्थल, जल, हवाई क्षेत्र बन्द गरेसँगै अन्तरदेशीय कारोबारमा रोजगाररत् नेपाली कामदारहरु प्रभावित भएका छन् ।
तर, यसले नेपाली कामदारहरुको तत्काल रोजगारीमै असर पर्ने भने नदेखिएको बताइन्छ ।
वरिष्ठ अर्थविद् डा. भवानीप्रसाद ढुंगाना यो अवस्था कति समयसम्म जान्छ र त्यसले कतारको अर्थतन्त्रमा पार्ने प्रभावले त्यहाँको रोजगारी, नेपाली कामदार उनीहरुले पठाउने विप्रेषणलगायतका प्रभाव आंकलन गर्न सकिने बताउँछन् ।
कतारले यसबारेमा आफ्नो अवस्था छिटो स्पस्ट गरेर चाँडो नसल्टाए उसको अर्थतन्त्रमा ठूलो असर पर्छ ।
कतारकोे अर्थतन्त्रमा पर्ने प्रभावले त्यहाँ रोजगारीदर र नेपाली कामदारको भविश्य निर्धारण हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्