
काठमाडौं महानगरपालिका–७ गंगाहिटीमा कोठा भाडामा लिएर बस्दै आएकी रामेछाप, रस्नालु–८ की २३ वर्षीया सञ्चिता पाख्रिन (तामाङ)को कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा शव गत वैशाख ८ गते फेलापरेको थियो ।
अभियुक्त प्रशान्त र मृतक सञ्चिताबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र २०७४ असारमा विवाह गर्ने सल्लाह भएको भएपनि सञ्चिताको पेटमा रहेको बच्चा प्रशान्तले राख्न चाहेको तर सञ्चिताले फालिदिएपछि आपसी विवाद हुँदा प्रशान्तले गत वैशाख ४ गते सलले घाँटी कसेर सञ्चिताको हत्या गरी कोठामा बाहिरबाट ताला लगाइ फरार भएको अनुसन्धानकोक्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
अनुसन्धानपश्चात अभियुक्त प्रशान्तलाई दोलखा प्रहरीको सहयोगमा उक्त महाशाखाको प्रहरीले पक्राउ गरी थप कानुनी कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्