
जिल्ला निर्वाचन कार्यालयले बिहीबार म्याङलुङ्गमा गरेको अन्तरक्रियामा दलका नेताहरुले गाउँसभा, नगरसभा, गाउँ तथा नगर कार्यपालिका तथा जिल्ला समन्वय समिति चयनबारे आफूहरु प्रस्ट नभएको भन्दै प्रश्न उठाएका थिए ।
स्थानीय तहको निर्वाचन प्रक्रिया, ऐन–कानुन र स्थानीय तहका अधिकारहरुबारे दलका नेता तथा उम्मेदवारहरुले नै अन्योलमा रहेको बताएका हुन् ।
निर्वाचन आचारसंहिता, गाउँसभा तथा नगरसभा गठन, मतदान प्रक्रिया, मतदाता संख्या, मत बदर हुने अवस्था, मतगणनासम्बन्धी जानकारी र उम्मेदवारको योग्यतालगायत विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।
जिल्ला निर्वाचन कार्यालयले जिल्लाभर ८५ जना निर्वाचन शिक्षा कार्यकर्ता खटाएको छ भने पटक–पटक नमुना मतदान, अन्तरक्रिया, छलफल र प्रचार–प्रसार गरिरहेको दाबी पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्