१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


भूकम्प पीडित परिवारलाई आवास अनुदान वितरण सुरु


0
Shares

सेञ्चुरी कमर्सियल बैंकमार्फत केपीलासगढी र लामीडाँडा गाउँपालिकाका ८ सय ३६ लाभग्राहीलाई आवास अनुदान दिने जनाइएको छ । भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि भूकम्प पीडितलाई पहिलो किस्तावापत सालपा बिकास बैंकबाट पहिलोपल्ट गत शुक्रबारदेखि ५० हजारका दरले अनुदान बाँड्न थालिएको थियो ।

सोमबार सेञ्चुरी कमर्सियल बैंकबाट केपीलासगढी र लामीडाँडा गाउँपालिकाका लाभग्राहीलाई जिल्ला समन्वय समितिका संयोजक एबं स्थानीय विकास अधिकारी राजन बिसी र जिल्ला प्राविधिक कार्यालयका प्रमुख ईन्जिनियर राजु श्रेष्ठले अनुदान वापतको चेक हस्तान्तरण गरे ।

जिल्लाका ६ वटा बैंकबाट ८ हजार ८ सय ४३ लाभग्राहीलाई ३३ करोड ४७ लाख ४० हजार रकम बाँड्ने जिल्ला समन्वय समितिले जनाएको छ ।