
वैशाख ३१ को स्थानीय तह निर्वाचनको मिति एक महिनापछि सरेपछि केही समय सुनसान बनेको रुपन्देहीको चुनावी चहलपहल अहिले पुनः बढेको हो । असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता तथा कार्यकर्ता चुनावी माहोल बनाउनमा व्यस्त छन् । जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवार भोट माग्दै घरदैलो अभियानमा जुटेका छन् ।
सबैजसो पार्टीले मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यको टुङ्गो लगाएकाले जिल्लामा चुनावी चहल पहल निकै बढेको छ । सबै राजनीतिक दलहरु आफ्नो पक्षमा चुनावी परिणाम पार्ने दाउका साथ चुनावी प्रचार प्रसारमा जुटेका छन् । कतिपय राजनीतिक दलहरुले भने आन्तरिक छलफललाई पनि तिव्रता दिएका छन् ।
जिल्लाको एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिकामा चुनावी सरगर्मीमा चुनावी रौनकले छोएको छ । स्थानीय तहको निर्वाचनपछि जनताका समस्या, गाउँका विकास निर्माण, सडक, खानेपानीलगायतका समस्याको समाधान हुने आशामा यहाँका मतदाताले पनि यस पटकको निर्वाचनलाई विशेष महत्वका साथ लिन थालेका छन् ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्