सशस्त्र प्रहरीद्वारा महिला भलिबलको उपाधि रक्षा, सरस्वती सर्वोत्कृष्ट खेलाडी

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीले न्यू डायमन्डलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै उपाधि जितेको हो ।
विजेता बनेसँगै सशस्त्रले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता न्यू डायमन्डले एक लाख रुपैयाँमा चित्त बुझायो ।
यस्तै, विभागीय टोली नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै पश्चिमाञ्चलले प्रतियोगितामा तेस्रो स्थान हासि गरेको छ ।
शुक्रबारै भएको निकै रोमान्चक तेस्रो स्थानको खेलमा पश्चिमाञ्चलले पुलिसमाथि ३–२ को सेटमा जित निकाल्यो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा सशस्त्र प्रहरीकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।