१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुनको भाउ ४ सयले झर्‍यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले ओरालो लागेर तोलाको ५५ हजार ४ सयमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७६ डलर हाराहारीमा कारोबार भएको थियो ।