
नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक स्थितिमा व्यापार घाटाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको हो ।
समीक्षा अवधिमा कुल वस्तु आयात ३४.९ प्रतिशतले बढेर ८ खर्ब ८ अर्ब ६८ करोड पुगेको हो । कुल वस्तु निर्यात भने ६१ अर्ब २ करोडमात्रै भएको छ ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३७.५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २.४ प्रतिशतले घटेकोे थियो ।
समीक्षा अवधिमा भारतबाट ४३.७ प्रतिशत, चीनबाट १२.५ प्रतिशत र अरु मुलुकबाट भएको आयात २६.९ प्रतिशतले बढेको छ ।
यस अवधिमा भारततर्फ १५ प्रतिशत, चीनतर्फ ५.६ प्रतिशत र अन्य मुलुकतर्फ ३.१ प्रतिशतले निर्यात बढेको छ ।
समीक्षा अवधिमा पुँजीगत खर्च ९० अर्ब २४ करोड रुपैयाँमात्रै भएको केन्द्रीय बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्