२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


ढुङ्गा प्रहार गरी छिमेकीको हत्या


0
Shares

शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद हुँदा युमाले मिङ्मालाई ढुङ्गाले हानेको प्रहरीले जनाएको छ ।

टाउकामा ढुङ्गा लागेका मिङ्मालाई उपचारार्थ पाँचथर अस्पताल ल्याउने क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिए ।

घटनापछि फरार युमाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । शेर्पाको शव परीक्षणका लागि पाँचथर अस्पताल ल्याइँदैछ । (रासस)