नेपाल र यमनबीच हुने फुटबलका लागि अनलाइन टिकट बिक्री सुरु « Image Khabar


नेपाल र यमनबीच हुने फुटबलका लागि अनलाइन टिकट बिक्री सुरु


Imagekhabar
२७ जेष्ठ २०७४, शनिबार १६:३६

काठमाडौंको हल्चोकस्थित एपीएफ मुख्यालयको मैदानमा हुने खेलका लागी अखिल नेपाल फुटबल संघ एन्फाले ई–सेवामार्फत एक हजार रुपैयाँका दरका सात सय टिकट बिक्री गर्ने जनाएको छ ।

सिमित क्षमता र सुरक्षाका दृष्टिाले जम्मा सात सय टिकट मात्र बिक्री गर्न लागिएको एन्फाको भनाइ छ ।

भूकम्पका कारण क्षतिग्रस्त दशरथ रंगशालाको अझै पुनर्निर्माण हुन नसक्दा एन्फाले हल्चोकमा खेल गराउन लागेको हो ।

एसिया कप छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले फिलिपिन्समा घरेलु टोलीसँग ४-० को पराजय बेहोरेको थियो ।

प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा यमनबिरुद्ध हुने खेलको तयारीमा रहेको नेपालले केही दिनअघी मुम्बईमा भएको मैत्रिपूर्ण खेलमा भारतलाई २-० ले नतिजा सुम्पिएको थियो ।

प्रतिक्रिया दिनुहोस्