३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


चलचित्र ‘लाल्टिन’ को आक्रामक ब्यापार, शोहरु थपिने


0
Shares

निकै ठुलो प्रचारप्रसारका साथ प्रर्दशनमा आएको चलचित्रले शुक्रबारबाट नै आक्रामक ब्यापार सुरु गरेको थियो ।

शनिबार काठमाडौँ र उपत्यका बाहिरका थप हलहरुमा चलचित्रले हाउसफुल ब्यापार गर्न सफल भएको छ ।

दर्शकबाट चलचित्रको राम्रो प्रतिक्रिया आएको र माग अत्याधिक रहेका कारण काठमाडौँका हलहरुमा थप शोहरु थपिने हल संचालकले बताए ।

शुक्रबार र शनिबार दर्शकले राम्रो प्रतिक्रिया दिएको कारण आइतबारबाट अझै दर्शकहरु हल आउने कुरामा निर्माण पक्ष ढुक्क देखिन्थे ।

देव कुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहांङ राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुनजंग शाही, जनक बर्तौला, ए.गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई भानु प्रताप, अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।