
सरकारको ७० प्रतिशत अनुदान र नगरपालिकाको ३० प्रतिशत लगानीमा नगरपालिकाभित्रका विभिन्न स्थानमा सौर्य बत्ती जडान गरिएको हो । नगर समितिको बैठकले तोकेअनुसार नगरपालिकाका विभिन्न स्थानमा प्रति गोटा १ लाख ३० हजार रुपैयाँ पर्ने सौर्य बत्ती जडान गरिएको हो ।
सौर्य बत्ती जडानपछि रातको समयमा आवतजावत गर्न सहज भएको र सम्भावित दुर्घटनामा समेत न्यूनीकरण भएको स्थानीयले बताएका छन् ।
बत्ती जडान गर्न सौर्य सडक बत्ती कार्यक्रमको २१ लाख ४५ हजार, नगरपालिकाको ६ लाख ४० हजार र उपभोक्ताको ४ लाख ९५ हजार गरी ३३ लाख रुपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस्