काठमाडौं, माघ २४ । सानिमा बैंक लिमिटेडले काठमाडौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा ७५ र ७६आंैै शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) द्वारा संयुक्त रुपमा गरिएको हो ।
समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाकालागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।
त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै कान्तिपथ र गठ्ठाघर शाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
उद्घाटन समारोहमा मह जोडीले कान्तिपथ र गठ्ठाघरमा सानिमा बैंक संचालनमा आएकोमा कान्तिपथ र गठ्ठाघरवासीलाई बधाई दिए । बैंकलाई समेत बधाई ज्ञापन गर्दै उनीहरुले सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्