७ असार २०८२, शनिबार | Sat Jun 21 2025


रमजानको कठोर ब्रतमा पनि भोट माग्न व्यस्त छन् मुस्लिम समुदायका उम्मेदवार (भिडियो)


0
Shares

बर्दिया सदरमुकाम गुलरिया नगरपालिकामा मुस्लिम समुदायको उल्लेख्य बसोबास छ । सबै मुस्लिमहरु पानी समेत नपिई रमजान ब्रत बसिरहेका छन् ।

नजिकिँदै गरेको निर्वाचनमा उम्मेदवार बनेका मुस्लिम समुदायका नेता तथा कार्यकर्ताहरु दिनभर भोको पेट बस्नु पर्ने धार्मिक परम्पराका कारण बिहान–बेलुका भने चुनावी प्रचार प्रसार र घरदैलो कार्यक्रममा व्यस्त बनेका छन् ।

एकातिर ब्रत चलिरहेछ अर्कोतिर निर्वाचन पनि आईसकेकाले प्रचार प्रसार नगरे चुनावी परिणाममा प्रभाव पर्न सक्ने उनीहरुको बुझाइ छ । दिनभर भोकै रहनु पर्ने अनि गर्मीमा प्रचार प्रसारमा हिँड्नुपर्ने बाध्यता भएपनि लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनलाई लिएर आफुहरु उत्साहित रहेको मुस्लिम समुदायका उम्मेदवारहरु बताउँछन् ।

बर्दियामा प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायत मधेसी दलहरुले उम्मेदवारी चयन गर्ने काम सकेपछि उम्मेदवारहरु निर्वाचनमा होमिएका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्