२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


शेयर बजारमा गिरावट आउने क्रम रोकिएन


0
Shares

उतार चढावबीच यस दिन पनि बजार परिसूचक नेप्से २४ अंकले ओरालो लागेर १५ सय ९० मा आइपुग्यो ।

होटल र उत्पादनमूलक बाहेक अरु कारोबार भएका समूह ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च १ सय ३८ अंकले ओरालो लाग्यो । जलविद्युत समूह ४५ अंकले झर्यो ।

वाणिज्य बैंक समूहमा २५ अंक र विकास बैंक समूहमा पनि २० अंकको कमी आयो । अन्य समूह पनि १३ अंकले घट्दा वित्त समूह सामान्य अंकले ओर्लियो ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४६ कम्पनीको ११ लाख २३ हजार कित्ता शेयर ७१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।