Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


समयमा काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्न शुरु : मन्त्री महासेठ


0
Shares

सिन्धुली, माघ २४ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माणको जिम्मा लिने तर समयमा काम नगर्ने निर्माण व्यवसायीहरुलाई कारवाही गर्न शुरु गरेको बताएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिकास्थित हर्षाही र सिथौंली जोड्ने कमलानदीमा निर्माण गरिएको मोटरेवल पुल उद्घाटन गर्दै मन्त्री महासेठले विगतमा केही निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको ठेक्का लिएर काम नगरिरहेको अवस्थामा सरकारले कडाइ गरेपछि मात्र काम गर्न थालेको बताए ।

मन्त्री महासेठले सरकारले आगामी पाँच वर्षभित्र सबै स्थानीय तहमा कालोपत्रे सडक पु¥याउन र नेपालका लागि रेल ल्याउन प्रक्रियासमेत शुरु गरिएको जानकारी दिए ।

सिन्धुलीको कमलाखोँचस्थित कमलानदीमा मोटरेवल पुल निर्माणको ठेक्का पाएको कालिका तुदी र रसुवा जेभीले तोकेको समयभन्दा १३ महिना अगावै पुल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।