Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


उडिरहेको विमानको इन्जिनमा प्वाल, ठूलो दुर्घटनाबाट जोगियो


0
Shares

अस्ट्रेलियाको सिडनीबाट सांघाइका लागि उडेको सो विमानको इन्जिनमा प्वाल परेको हो । उडान भरेको एक घण्टामा पाइलटले विमानको इन्जिनमा खराबी पत्ता लगाएका थिए ।

इन्जिनमा प्वाल देखिएपछि पाइलटले विमानलाई सिडनीतर्फ फर्काएका थिए । अस्ट्रेलियाली सोसल मिडियामा विमानको इन्जिनमा प्वाल परेको तस्वीर भाइरल भएको छ ।

इन्जिनमा प्वाल परेको भए पनि एयर बस ३३० विमानलाई विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो । विमानमा सवार सबै यात्रु सकुशल रहेको बताइएको छ ।

विमानका एक यात्रीले अस्ट्रेलियाली टेलिभिजन च्यानल ‘नाइन न्यूज’ सँग कुरा गर्दै भने, ‘अचानक हामीले आवाज सुन्यौं, केही जलिरहेको जस्तो लाग्यो, म लगायत सबै यात्री धेरै डराएका थियौं ।’

चाइना इस्टर्न एयरलाइन्सका प्रवक्तालाई उद्धृत गर्दै सो टेलिभिजनले भनेको छ, ‘विमानका चालक दलले बायाँ इन्जिनतिर केही गडबडीको आशंका गर्‍यो, उनीहरुले तुरुन्त सिडनी विमानस्थलमा फर्कने निर्णय लिए ।’

इन्जिनमा कसरी प्वाल पर्‍यो भन्ने प्रष्ट भइसकेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुको भनाइ छ ।

विमानमा २ सय ९७ यात्रु सवार थिए । (एजेन्सी)