२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


माथिल्लो तामाकोसीको प्रसारणलाइन निर्माणको काम ६० प्रतिशत पूरा


0
Shares

तीन वर्षअघि निर्माण सुरु गरिएको डबल सर्किट प्रसारणलाइनको काम करिब ६० प्रतिशत सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले जनाएको छ ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले विभिन्न स्थानका १७ ओटा टावरमा साढे ४ किलोमिटर डबल सर्किट तार जडान भइसकेको जानकारी दिए ।

कुल १२७ ओटा टावरमध्ये ९४ ओटा पूर्णरुपमा निर्माण सकेर अर्थिङ गर्ने कामसमेत भइसकेको प्रवक्ता डा. न्यौपानेले बताए ।

दोलखाको मेलुङमा निर्माण हुन लागेको सवस्टेसनको पनि आंशिक सर्भे भइरहेको आयोजनाले जनाएको छ ।