७ असार २०८२, शनिबार | Sat Jun 21 2025


असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको अन्तिम तयारी


0
Shares

निर्वाचनका लागि मतदानस्थल तोक्ने, नियुक्ती दिने, कर्मचारीलाई तालिम प्रदान गर्ने काम भइरहेको प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

निर्वाचनको लागि ६ हजार ७ सय १८ मतदानस्थल तोकिएको छ भने ११ हजार ९ सय ३१ मतदान केन्द्र रहेका छन् ।

तराईमा निर्वाचनलाई असर गर्ने केही क्रियाकलाप भए पनि असार २ गते ढुक्कका साथ उम्मेदवारीको मनोनयन दर्ता हुने शर्माको भनाई छ ।

दोस्रो चरणको निर्वाचनका लागि उम्मेद्वारको आधिकारिक दस्तखतको नमूना लिने कामसमेत सोमवारबाट सकिएको छ ।

आयोगले दस्तखत पेश गर्न २७, २८ र २९ गतेके समय तोकेको थियो ।

वैशाख ३१ गते सम्पन्न निर्वाचनमा ६३ दलले दस्तखतको नमुना बुझाइसकेका छन् । राजपा बाहेकका केही दलले पनि दस्तखत बुझाएका छन् ।

दोस्रो चरणको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ को ४६१ स्थानीय तहमा हुँदैछ । निर्वाचनमा ९० लाख ९७ हजार ५ सय ५७ जना मतदाताले भाग लिदैछन् ।