३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


संसदमा बहुमत गुमेकोमा ब्रिटिश प्रधानमन्त्रीद्वारा क्षमायाचना


0
Shares

आफना कारण बहुमत गुमेको स्वीकार्दै प्रधानमन्त्री मे ले कसैलाई पनि कठिन स्थितीको सामना गर्न नपर्ने बाटो अबलम्बन गर्ने बताएकी छन् ।

उनले आफनो इच्छा बमोजिम प्रधानमन्त्री पदमा रहिरहने पनि प्रष्ट पारिन् ।

बेलायतमा हालै सम्पन्न संसद्को निर्वाचनमा बहुमतका लागि ८ सीट नपुगेपछि मे ले १० सीट रहेको डेमोक्रेटिक युनियनिष्ट पार्टीको सहयोगमा नयाँ सरकार बनाउन लागेकी छिन् ।

सरकार बनाउने जनादेश आफ्नो दललाई मात्र भएको भन्दै उनले स्थीर सरकार निर्माणमा आफ्नो जोड रहने बताउनुभयोबताइन् ।

६ सय ५० सदस्यीय हाउस अप्m कमन्समा सत्तारुढ कञ्जरभेटिभले ३ सय १८ सिट मात्र जितेको छ ।

स्पष्ट बहुमतका लागि ३२६ सीट जरुरी पर्नेमा उसलाई ८ सीटको कमी भएको हो ।

अघिल्लो संसद्मा भन्दा उसले १० सीट गुमाएको छ भने विपक्षी लेबर पार्टीले ३२ सीट थप गर्दै २ सय ६२ सीटमा जितेको छ । (एजेन्सी)