Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


भारतीय व्यापारीले डेढ करोड ठगेर फरार


0
Shares

बेसीसहर बजारको विभिन्न स्थानमा किराना तथा खुद्रा व्यापार गर्दै आएका एकै परिवारका चार दाजुभाइले विभिन्न व्यक्ति तथा संस्थाबाट रु एक करोड ५० लाख ठगी गरी फरार भएको जिल्ला प्रहरी कर्यालय लमजुङले जनाएको छ ।

भारत, रक्सौल घर भएका राजेशकुमार शाह, बालकृष्ण बानिया, नवीन बानिया र सतिश बानियाले रकम ठगी गरी फरार भएको प्रहरीले जनाएको छ ।

किराना व्यापार गर्दै आएका उनीहरु सहकारी, व्यक्तिगत र होलसेल पसलमा तिर्नुपर्ने रकम नतिरी आ–आफ्नो पसल बन्द गरेर फरार भएका हुन् ।

राजेशकुमार शाहले बेसीसहरको पुरानो बैंकचोक, बालकृष्ण बानियाले बेसीसहरकै भीमसेनस्थान, नविन र सतिशले नारायणस्थानचोकमा किराना पसल सन्चालन गर्दै आएका थिए ।

उनीहरुले बेसीसहरका १५ ओटा सहकारीबाट रु ५६ लाख ५८ हजार ७७२ ठगेका हुन् ।

उनीहरुले बेसीसहरका होलसेल पसल सन्चालक गणेशबहादुर थापाकोमात्रै ६७ लाख ठगेका छन् ।

पसलबाट ४१ लाखको सामाग्री र सहकारीमा जमानी बस्न लागाएर २६ लाख नगद गरी ६७ लाख ठगेको थापाले बताए ।

विभिन्न सहकारीबाट ठगीको रिपोर्ट आउनेक्रम रहेकोले ठगीको रकम बढ्नसक्ने बेसीसहर क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेले बताए । रासस

Skip This