काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले रेष्टुरेन्ट तथा बारहरूमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने रेष्टुरेन्ट तथा वार एशोसिएसन नेपालको हालैको निर्णयको स्वागत गरेको छ ।
महासंघले प्रेस विज्ञप्ती जारी गर्दै उपभोक्ताको हितलाई धनमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णय उपभोक्ताको हितमा रहेको जनाएको छ ।
यस्तै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्ने महासंघले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्