Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


सुन चाँदीको मूल्यमा सामान्य कमी


0
Shares

काठमाडौं । पछिल्ला दिन निरन्तर जसो उकालो लाग्दै आएको सुन चाँदीको भाउमा बुधबार सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले कमी आएर ६२ हजार ४ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन १ सयले उकालो लागेर ६२ हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि ५ रुपैयाँले ओरालो लागेर ७ सय ८० मा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म प्रति औंन्स १३ सय १७ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।