Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


शेयर बजारमा गिरावट, सबै समूह ओरालो


0
Shares

काठमाडौं । बुधबार पनि शेयर बजारमा गिरावट आयो । कारोबार शुरु भए देखि ओरालो लागेर बजार परिसूचक नेप्से ७ अंकले झरेर ११ सय ३९ अंकमा आएर थामियो ।

कारोबार भएका सबै समूह ओरालो लागे । जीवन बीमा समूह सबैभन्दा उच्च ४६ अंकले झर्यो ।

निर्जीवन बीमा समूह २७ अंकले र उत्पादनमूलक समूह पनि २५ अंकले ओर्लिए । जलविद्युत, होटल र लघुवित्त समूह पनि दोहोरो अंकले ओरालो लागे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ६७ कम्पनीको ७ लाख ४६ हजार कित्ता शेयर जम्मा साढें २३ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।