३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


प्रदर्शन अघिनै चलचित्र ‘प्रेमगीत-२’ को क्लाइमेक्स सिन बाहिरियो


0
Shares

साउन १३ गते प्रदर्शनमा आउन लागेकोचलचित्रका केहि क्लाइमेक्स सीनहरु लिक भएको छ । सुटिङ सेटबाट क्लाइमेक्स सिन बाहिरिएको हो ।

फेसबुक मार्फत एक व्यक्तिले ती तस्विरहरु सार्वजनिक गरेका हुन् । तस्विरमा निर्माता सन्तोष सेन र अभिनेता प्रदिप खड्का विल्कुलै फरक अवतारमा देखिएका छन् ।

प्रदिप खड्का र अश्लेषा ठकुरी मुख्य भूमिकामा रहेको फिल्मको क्लाईमेक्स सिनलाई निकै महत्वपूर्ण भन्दै लुकाउन खोजिएको थियो ।

तर त्यही सीन नै भएपछि फिल्मको प्रचारमा सहयोग पुग्ने हो या घाटा लाग्ने हो त्यो त रिलिज भएपछि मात्र थाहा हुनेछ । तर तस्वीर लिक भएपछि दर्शकमा कौतुहलता भने थपेको छ ।

यता फिल्मका नायक प्रदिप खड्काले पनि क्लाइमेक्स सिन लिक भएकोमा आपत्ति जनाउँदै सेटमा काम गर्न आउनेले नै लिक गरेको हुनसक्ने आशङ्का फेसबुकमा राखेका छन् ।

गत वर्षको सफल फिल्म ‘प्रेम गीत’ को सिक्वेललाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।