Logo २४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026


चिनियाँ वैज्ञानिकहरुले चन्द्रमामा आलु फलाउने


208
Shares

आगामि वर्ष सन् २०१८ मा चन्द्रमामा जान तयारी गरीरहेको ‘लुनर मिशन’ अन्तर्गत ‘चेन्ज्स्–४’ नाम दिइएको वैज्ञानिकहरुको टोलिले चन्द्रमामा पुगेर सर्वप्रथम आलु फलाउने कोशिस गर्ने बीबीसीले उल्लेख गरेको छ ।

चाइना रेडियो इन्टरनेशनलका अनुसार चिनियाँ वैज्ञानिकहरुले निर्माण गरेको एउटा सानो इकोसिस्टमसहितको भाँडोमा आलु रोपिने छ ।

चोंगक्वीन विश्वबिद्यालयका प्रा.सि जेंगसिन्का अनुसार वैज्ञानिकहरुले रेशमकिराको लार्भा राखिएको उक्त भाँडोलाई प्राकृतिक स्याटेलाइटको सहायताले पृथ्वीको सतहमा जसरी आलु फलाउने कोशिस गर्नेछन् ।

सिआरआईका अनुसार वैज्ञानिकहरुले चन्द्रमामा उक्त रेशम किराको सहायताले आलु फलाउन सफल भएमा भविष्यमा चन्द्रमामा मानवबस्ती निर्माणको लागि नयाँ मार्ग हुनेछ ।

चिनियाँ वैज्ञानिकहरुले यस कार्यक्रमलाई एकदमै महत्वाकांक्षी कदम बताएपनि यसवारे सबै सुचना बाहिर ल्याउन नचाहेको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।