८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बाढीमा फसेका १० जनाको उद्धार


13
Shares

वीरगन्ज, असार १९ । अविरल वर्षाका कारण पर्साको पश्चिमी क्षेत्रस्थित सिकटा नदीमा आएको बाढीमा फसेका १० जनालाई उद्धार गरिएको छ ।

प्रहरीचौकी भिस्वाको टोलीले खोलाको बाढीमा परेका ८ महिला र दुई पुरुष गरी १० जनाको सोमबार राति सकुशल उद्धार गरेको हो ।

भिस्वा बजारभन्दा एक किलोमिटर पूर्वतर्फको भिस्वा–सबैठवा जोड्ने पुलनजिक रहेको खोलाको बाढी गाउँ पस्दा १० जनालाई बगाएको थियो ।

गाउँलेहरु सबैठवानजिक रहेको खोला किनारको चौरमा गाईवस्तु चराउन एवं खेतमा काम गर्न गएको बेला साँझ एक्कासि बाढी पसेर उनीहरुलाई बगाएको थियो ।

बाढीको चपेटमा परेको गाउँलेले एउटा रुखको सहाराले ज्यान जोगाएर उद्धारका लागि चिच्याएका थिए ।

बाढीमा फसेका उनीहरुलाई राति उद्धार गरी घर पठाइएको भिस्वा प्रहरीचौकीका प्रहरी नायब निरीक्षक रोशन अधिकारीले बताए ।

बाढीले एकओटा खसी बगाउनुकासाथै धानको ब्याड तथा खेतमा लगाइएका उखुबालीमासमेत क्षति पुर्‍याएको गाउँलेले बताएका छन् । रासस