इलाम, माघ २३ । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढाप पोखरीमा ‘ढापपोखरी पर्यटन महोत्सव’ गरिने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी चैत २४ देखि ३० गतेसम्म पाँचौं ‘ढापपोखरी पर्यटन महोत्सव’ गर्न लागिएको आयोजकले जानकारी दिएका छन् ।
महोत्सवका लागि वडा न. ५ का वडाध्यक्ष जीतबहादुर साँवाको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । रामनवमीको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा बोटिङ र फिसिङ विशेष आकर्षणको केन्द्र हुने आयोजकले जनाएका छन् ।
महोत्सवमा विभिन्न जातजातिका परम्परागत संस्कृति, जातीय खाना र भेषभूषा, ऐतिहासिक र पुरातात्विक सामग्री प्रदर्शनीमा राखिने बताइएको छ । ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको महोत्सवमा करिब २० लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।









प्रतिक्रिया दिनुहोस्