Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


जर्मन कप फुटबलबाट बोरुसिया डर्टमण्ड बाहिरियो


0
Shares

काठमाडौं, माघ २३ । जर्मनीको शीर्ष डिभिजनको लिग फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेको क्लब बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलबाट भने बाहिरिएको छ ।

गएराति भएको जर्मन कपको प्रि–क्वाटरफाइनलमा डर्टमण्डलाई वेडर ब्रेमेनले हराएको हो । डर्टमन्डले खेलमा तीनपटक अग्रता लिएर पनि खेल जित्न सकेन ।

वेडर ब्रेमेनले तीन पटक नै गोल फर्काउँदा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलपछि ३–३ गोलको बराबरी भयो । यसपछि टाईब्रेकरमा पुगेको खेलमा वेडर ब्रेमेन ४–२ ले विजयी भयो ।

यो हारसँगै डर्ममण्डको सिजनमा दुबै उपाधि जित्ने लक्ष्य टुटेको छ । डर्टमण्ड जारी सिजनको जर्मन लिग फुटबलमा शीर्ष स्थानमा छ । उसले २० खेलको समाप्तिसम्म तालिकाको शीर्ष स्थानमा ७ अंकको अग्रता लिएको छ ।