Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउने विदेशी पर्यटकको संख्या घट्यो


0
Shares

कञ्चनपुर, माघ २३ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ ।

चालू आर्थिक वर्षको ६ महिनामा ९० जना विदेशी पर्यटकले निकुञ्जको अवलोकन गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । जसमध्ये ४४ जना सार्क मुलुकका र ४६ जना विदेशी पर्यटक छन् ।

विदेशी पर्यटकको संख्यामा कमी आए पनि आन्तरिक पर्यटकको संख्या भने सन्तोषजनक रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी उत्तमकुमार चौधरीले बताए ।

कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुससम्ममा ९ सय २७ जनाले निकुञ्जको अवलोकन गरेका छन् । विगतका वर्षको तुलनामा पछिल्ला वर्षमा निकुञ्जमा घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा विदेशी र आन्तरिक पर्यटक गरी ४ हजार ७ सय ४० जनाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । आर्थिक वर्ष २०७३/७४ मा २ हजार ६ सय ४० जनाले शुक्लाफाँटाको अवलोकन गरेका थिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीचमा ठूलो घाँसे मैदान रहेको र त्यहाँ बाह्रसिंगेको सबैभन्दा ठूलो झुण्ड देखिने भएकाले पर्यटकको रोजाईमा शुक्लाफाँटा पर्ने गरेको छ ।