७ असार २०८२, शनिबार | Sat Jun 21 2025


अछाममा बढ्यो चुनावी सरगर्मी, भोट हाल्न जिल्ला फर्कनेको ओइरो (भिडियो)


0
Shares

उम्मेदवारहरु जनताका घर–घरमा पुगेर भोट माग्न थालेपछि स्थानीय तहमा पनि चुनावी सरगर्मी निकै बढेको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारले घरदैलो, चुनावी सभाजस्ता कार्यक्रमलाई प्राथमिकता दिएर अगाडि बढेका हुन् । चुनावको मिति नजिकिदै गर्दा पढाईको शिलशिलामा जिल्ला बाहिर रहेका तथा रोजगारीका लागि विदेश गएकाहरु पनि धमाधम गाउँ फर्किन थालेका छन् । चिया पसलदेखि गाउँ, टोल र नगरसम्म जताततै अहिले चुनावकै चर्चा परिचर्चा हुने गरेको छ ।

अछाममा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएर घरदैलो अभियानमा छन् । अन्य दलहरुले पनि आफ्नो चुनावी प्रचार अभियानलाई तीव्रता दिएका छन् । उम्मेदवारहरुले जनताको हित र विकास नै आफुहरुको मुख्य एजेण्डा भएको वताएका छन् ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी भईसकेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटा बताउँछन् ।

चुनावलाई पूर्णरुपले भयरहित, निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गर्नका लागि अछाममा सुरक्षा व्यवस्थासमेत कडा पारिएको प्रमुख जिल्ला अधिकारी संकर विष्ट बताउँछन् ।

२० वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न अछामका मतदाताहरु आतुर देखिन्छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्